२०८२ चैत ०५ । वीरगञ्ज

नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट पर्सा २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोज चौधरी पक्राउ प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको पर्सा प्रहरी प्रवक्ता एवं डिएसपी हरिबहादुर बस्नेतले बताएका छन् । “नेता चौधरीको गाडीमा संकास्पद वस्तु फेला परेपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको र अनुसन्धानको अन्तिम चरणमा छौं अब आजभोलि मै अनुसन्धानको विवरण अदालतमा पेश गर्नेछौं” उनले भने ।

यता नेपाली कम्युनिस्ट पार्टी जिल्ला समिति पर्साको आयोजनामा सर्वदलीय बैठकबाट नेता मनोज चौधरी सहित पक्राउ परेका अन्य चार जनाको अनुसन्धानमा पर्सा प्रहरीले चाँसो नदेखाएको आरोप लगाउदै अनुसन्धान प्रक्रियालाई छिटै सकाउन दबाव दिएको छ।

२०८२ फागुन १९ गते साँझ वीरगञ्ज फर्किने क्रममा नेता चौधरी सवार बा १० च १२५० नम्बरको गाडीमा सुरक्षा जाँचका क्रममा गाडीको डिकीबाट संकास्पद वस्तु फेला परेको भन्दै उनीसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीसहित नेकपा नेता सत्यनारायण थारु, सुरज कार्की र चालक साहब आलम अन्सारीसमेत पछिलो १६ दिनदेखि प्रहरी हिरासतमा रहेका छन्।

Author

Tags:

Leave a Reply

Your email address will not be published. Required fields are marked *